तेस्रो त्रैमासिक परीक्षा – २०….
कक्षा : १० पूर्णाङ्कः ७५
विषय: नेपाली समयः २ः१५ घण्टा उत्तीर्णाङ्कः ३०
=====================================
१. समूह ‘क’ मा दिइएका शब्दका अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् : (२)
समूह ‘क’ समूह ‘ख’
असरल्ल बैगुनी
कृतघ्न सरस्वती
अधिष्ठात्री उलटपुलट
कायाकल्प जवान
अलपत्र
दयालु
२. कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस् :(२)
क) ‘कर’ को पर्यायवाची शब्द ……………… हो । (हात, बल, तागत)
ख) ‘आकर्षण’ को विपरीतार्थी शब्द …………….. हो । (सकर्षण, विकर्षण, घर्षण)
ग) ‘दर’ ………………. शब्द हो । (अनेकार्थी, विपरीतार्थी, लघुतावाची)
घ) …………………….. श्रुतिसमभिन्नार्थी शब्द हुन् । (चाँप–आँप, बाँस–बास, खोप–रोप)
३. अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्: (२)
अवमूल्यन, बाँदरको हातमा नरिवल
४. क) तलको शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१)
अ) शासण शोशण शोषण सोषण
आ) विषालु बिशालु विसालु बिसालु
ख) दिइएको वाक्यलाई शुद्ध गरेर लेख्नुहोस् : (२)
आम्मै मैले लक्ष्मीपुजालाई सरजाम किन्न भनेर लुकाइ राखेको दुई रुपियाँ बालाई दिएँ ।
५. रेखाङ्कित शब्दहरूको पदवर्ग छुट्याउनुहोस् : (३)
ओहो ! तिमी त बिरुवा जस्तै हलक्क बढेछौ अनि तिमीलाई कसरी चिन्नु ?
६. क) तलको उपसर्ग र प्रत्यय लगाइ एक–एक ओटा शब्द बनाउनुहोस् : (२)
उपसर्ग : प्रति, अनु प्रत्ययः आलु, इलो
ख) दिइएको शब्दलाई समास वा विग्रह गर्नुहोस् :
घनजत्रो टाउको छ जसको, दोधार
७. कोष्ठकमा दिइएको धातु र सङ्केतका आधारमा वाक्य पूरा गर्नुहोस् : (२)
क) आकाशमा बादल ………………… । (लाग् : अज्ञात भूत)
ख) खेलाडीले फुटबलमा गोल …………….. । (हान् : पूर्ण वर्तमान)
ग) गरिबलाई दया ………………….. । (गर् : इच्छार्थक)
घ) तिमी राम्रो कथा ……………….. । (लेख् : सम्भावनार्थक)
८. कोष्ठकमा दिइएको निर्देशन अनुसार तलको वाक्य परिवर्तन गर्नुहोस् : (२)
क) उनीहरू भकुण्डो खेल्लान् । (भाववाच्य)
ख) विद्यार्थीहरू खेल्दै थिए । (प्रेरणार्थक)
ग) हिउँद लागेपछि घाम प्यारो हुन्छ । (मिश्र वाक्य)
घ) राम हिमाल चढ्छ । श्याम हिमाल चढ्छ । (वाक्य संश्लेषण)
९. भूतकालको पूर्णपक्षको तीनओटा क्रियापदको प्रयोग गरी आफूले गरेको भ्रमणको बारेमा वर्णन गर्नुहोस् । (२)
१०. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्र्रश्नको उत्तर दिनुहोस् : । (५)
विश्वव्यापीकरण नाफाका पछाडि दौडिने सहरी जीवनमा व्यस्त, मेसिन र सूचना प्रविधिमा रमाउने भएपछि मानव सम्बन्धहरू कमजोर हुन्छन् । भौतिक वस्तुप्रतिको बढ्दो मोहसँगै अनि सुविधा भोगी सामानहरूको बढ्दो उत्पादनसँगै मानिस खाने पिउने, मोज मस्ती गर्ने अर्थात् भोगवादी बन्ने हुन्छ । नैतिक मूल्यमा ह्रास आउँछ । बेरोजगारी बढेपछि चोरी, डकैती, हत्या, हिंसा, अराजकता बढ्छ । यस्तो अवस्थामा हात हतियारले काम गर्दछन् र बलियाहरूको बोलवाला हुन्छ । स्थानीयकरणमा भने आफ्नो क्षमता अनुसार जोसुकैले सानो ठुलो काम पाउने अवस्था हुन्छ ।
प्रश्नहरूः
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
ख) नैतिक र भौतिक शब्दको शब्दनिर्माण प्रक्रिया देखाउनुहोस् ।
ग) माथिको अनुच्छेदबाट ‘कर’ र ‘तागत’ शब्दको पर्यायवाची शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) मानवीय सम्बन्धहरू कसरी कमजोर हुन्छन् ?
ङ) नैतिक मूल्यमा कसरी ह्रास आउँछ ?
११. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् : (५)
बीस वर्षको उमेरमा तिनले गोर्खामा राजदण्ड लिएर राज्य गर्न थाले । राजा हुनेबित्तिकै ती मुलुक मार्न हिँडे । वास्तवमा उनको राजत्वकाल युद्धको झञ्जार हुरीको बीच बितेको छ । नेपालको मानचित्र बदल्ने तिनै हुन् । नेपालको इतिहासको स्रोत मोड्ने पनि तिनै हुन् । तिनका पराक्रम र पौरखका अघि नेपालका टुक्रे राज्यहरू भकाभक ढल्न थाले । पश्चिममा बाइसे र चौबिसे राज्यहरू थिए । काठमाण्डौँ उपत्यकामा काठमाण्डौँ, भादगाउँ, कीर्तिपुर र पाटनजस्ता नगर राज्यहरू थिए र पूर्वमा पनि माझ किराँत, पल्लो किराँत, विजयपुर जस्ता बेग्लाबेग्लै राज्यहरू छरिएका थिए । आपसमा यिनीहरूको हानथाप थियो । जनताहरू बलिका बोका बनाइन्थे, उनीहरूको अवस्था कहालीलाग्दो थियो । नुवाकोटको विजयबाट उनको ऐतिहासिक अभियान सुरु भयो । नुवाकोटको उर्वरस्थल हात पारेपछि पृथ्वीनारायण शाहलाई अरु ठाउँ हान्न सत्र प¥यो । कीर्तिपुर हात परेपछि उपत्यका हान्न अब केही थिएन । उपत्यका फुटेको घर न थियो । काठमाण्डौँ, पाटन र भादगाउँ आपसमा हानथाप गर्थे । एकै गासँमा पृथ्वीनारायण शाहले यिनीहरूलाई निले । सिङ्गो नेपाल बनाए । यिनले अटुट देशभक्ति दर्शाए । ती नेपाल र नेपालीलाई मात्र प्रेम गर्थे । ती भन्थे विदेशका कपडा लाउनलाई मनाही गरिदिनू । आफ्नो देशको कपडा बुन्न जान्नेलाई नमुना देखाइ सघाउनू र बुन्न लगाउनू, यसो हुँदा नगद विदेश जाँदैन ।
प्रश्नहरूः
क) पृथ्वीनारायण शाहलाई नेपालको मानचित्र बदल्ने राजा भन्नुको तात्पर्य के हो ?
ख) पृथ्वीनारायण शाहको राजत्वकाल युद्धको झञ्जार हुरीको बीच बितेको छ भन्नुको तात्पर्य के हो ?
ग) काठमाण्डौँ उपत्यकालाई किन फुटेको घर भनिएको हो ?
घ) नगद विदेश जान नदिन के गर्नुपर्छ ?
१२. तलको अनुच्छेद राम्ररी पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश गर्नुहोस् । (२+३)
नेपाल सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध छ । नेपालको संस्कृति भनेको विविधताको संस्कृति हो । नेपालमा वेद, पुराण आदि संस्कृत वाङमयको अनुसरण गर्ने संस्कृति छ । संस्कृत वाङमयको अनुसरण गर्ने हिन्दु संसारका विकसित संस्कृति मध्येको एक हो । त्यस्तै नेपाल गौतम बुद्धको जन्मभूमि हो र संसारमा लोकप्रिय रहेको बौद्ध संस्कृतिको उद्गम स्थल पनि नेपाल नै हो । त्यस्तै नेपालमा श्रममा आधारित र प्रकृतिलाई पूजा गर्ने आफ्नै प्रकारको मौलिक संस्कृति छ । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषी देश हो । यसैले यो देश बहुसांस्कृतिक देश पनि हो । यसैले नेपालको राष्ट्रिय संस्कृति भने विविधताको संस्कृति हो ।
१३. तलको कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
क) तलका बुँदाहरूका आधारमा एउटा जीवनी लेखी शीर्षक पनि दिनुहोस् ः
नाम : पारिजात
जन्म : वि.सं. १९९४ बैशाख
जन्मस्थान : दार्जिलिङको लिगिया चियाकमान
मातापिता : अमृता मोक्तान र के.एन. वाइबा
शिक्षा : स्नातक
प्रमुख कृतिहरू: आकाङ्क्षा, पारिजातका कविताहरू (कविता सङ्ग्रह), आदिम देश, सडक र प्रतिभा, साल्गीका बलात्कृत आँसु, बधशाला जाँदा आउँदा (कथा सङ्ग्रह), शिरीषको फूल, महत्ताहीन, बैँसको मान्छे, पर्खालभित्र र बाहिर (उपन्यास) र थुप्रै कृतिहरू
साहित्यिक प्रवृत्ति: विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण राखी साहित्य सिर्जना गर्नु, प्रगतिवादी दृष्टिकोण राख्नु ।
सम्मान र पुरस्कार: मदन पुरस्कार, गंकी बसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपी पुरस्कार आदि ।
मृत्यु :वि.सं. २०५०
ख) जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी हुन पाउँ भन्दै प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।
१४. कुनै एक उद्धरणको सप्रसङ्ग व्याख्या गर्नुहोस् : (४)
क) बैकाल मर्ने यतिका त्रासद मृत्युहरूको म जिम्मेवार छैन, मलाई गाली नगर ।
ख) अहो ! संसार कति मतलबी छ ।
१५. तलको कुनै दुई प्रश्नको उत्तर दिनुहोस् । (२×४.८)
क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मन्त्रीको दौडाह हुन आठ दिनमात्रै बाँकी थियो । बाबुसाहेवले लखनउ गएर कोट ड्राईक्लिनिङ गराउने र गर्धनमा धस्केको ठाउँमा रफ भर्न लगाउने निश्चय गरे । खर्चको मोटामोटी हिसाब लगाउँदा यत्तिकैमा चालिस पचास रुपैयाँ जानेभयो । घरका दुइचार जना नोकर, सुसारे, मन परेकी केटीहरूले सुझाव दिए, बरु अरु चालिस पचास रुपियाँ थपेर एउटा नयाँ कोट नै हाले झन् बेस । बाबुसाहेवले भने, ‘सय रुपियाँ हाल्दैमा नयाँ कोट यस कोटको दाँजोमा पुग्ने कुरा के गरी सम्झेका, बडा जान्ने त्यस्ता दस ओटा नयाँ कोट भएर पनि यसको अगाडि उभिरहन पनि सक्ने होइनन । खालि हिफाजत साथ राख्न नसकेर पो त । पख मैले जान्या छ, लखनउबाट फर्केपछि हेर्लाऊ ।’
प्रश्नहरूः
अ) बाबुसाहेवले नयाँ कोट किन्न नचाहनुको कारण के हो ?
आ) यस कथामा माउँजङ बाबुसाहेबको कस्तो मानसिक अवस्थाको चित्रण गरिएको छ ?
ख) तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
फर्फर पार्छिन चदर हलुका, लत्रिँदो मेघ ह्वैन
लाखौँ मोती–लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन निधिका स्नेहले मुस्कुराइन्
यौटा मोती–लुङ चुँडिन गै शैलमा झर्झराइन् ।।
प्रश्नहरूः
अ) वर्षालाई के नपहिरी चित्त बुझ्दैन ?
आ) यस कविताको मूल भाव के हो?
ग) तलको निवन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यसै यसै गरी करोडौँ ठन्डाराम भुँडीहरूले भारतमा सर्वोदयको सपना देखे । लाखौँ ठण्डाराम भुँडीहरूको उचित पूजाका लागि नेपालले भूमि सुधारको योजना लागु गर्न परिरहेछ । तैपनि हाँडी घोप्टे र घ्याम्पे भुँडीहरू ङ्यारङ्यार ङरङर गरी भर्सेलीबाट भोग्नुपरेका बिराला झैँ नाक बजाउँदै छन्् । तर नैवेद्यको जोरजामको लागि कसिएका ९५ प्रतिशत भुँडीहरूको माझमा निहुँ खोज्न लागे भने उनीहरूको जुगानुजुगदेखि तन्किएको भुँडीले मादल र दमाहा झैँ बज्नुपर्ने कुरा स्वतः सिद्ध भइसकेको छ । कुराको जरो यही हो ।
प्रश्नहरूः
अ) कुराको जरो के हो ?
आ) यस निबन्धको शीर्षक कत्तिको उपयुक्त छ? लेख्नुहोस् ।
१६. तपाईलाई स्थानीयकरण उत्तम लाग्छ कि विश्वव्यापीकरण तर्क दिएर पुष्टि गर्नुहोस् । (४)
१७. कुनै एक प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् : (८)
क) ‘म सडक बोल्दै छु’ कविताका तलका पङ्क्तिहरू पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस्ः
मलाई झुर सडक
खत्तम र रद्दी सडक भन्नेहरू
आफूलाई कुखुराको गुलाफी फूल सम्झेर
सुरक्षित घुमफिर गर्नेहरू
जसलाई सोध्नुपर्ने हो उहीसँग सोध
सडक किन यस्तो भयो
मलाई मात्र सरापेर भएन
म लाञ्छित, थकित र शब्दहीन सडक बोल्दै छु
प्रश्न :
सडकले आफूलाई किन लाञ्छित, थकित र शब्दहीन ठानेको छ ? स्पष्ट पार्नुहोस् ।
ख) तलको जीवनीको अंश पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
समाजवादीहरूमाथि जर्मन सरकारले लगाएको प्रतिबन्ध सन् १८९० मा फुकुवा भयो । त्यसपछि क्लारा जर्मनीमा रहेर राजनीतिमा संलग्न रहिन् । उनी जर्मन समाजवादी पार्टीमा रहेर काम गर्न थालिन् । त्यही वेलासम्म पनि महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नताको अधिकार थिएन ।
प्रश्नः
समाजवादीहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि जर्मन फर्किएर क्लाराले महिलाका पक्षमा के कस्ता काम गरिन् ?
१८. कुनै एक शीर्षकमा निबन्ध लेख्नुहोस् : (८)
क) विज्ञान र प्रविधिको महत्व
ख) वैदेशिक रोजगारीको आकर्षण
ग) मेरो भविष्यको योजना
‘शुभम् अस्तु’
SEE ON PDF VERSION: