मधुमालतीको कथा
- रमेश विकल बालकहरु जन्मँदा निष्कलङ्क र पवित्र हुन्छन् । तिनको आफ्नै रमाइलो संसार हुन्छ । तिनीहरु जव हुर्कन र बढ्न थाल्छन् अनि समाजमा विद्यमान वर्गीय र सांस्कृतिक विभेदका कारणले तिनले मानसिकतामा भेदभावको बीजारोपण हुन्छ । यस्तो भेदभाव जन्मजात नभई समाज र परिवेशले सिर्जना गरेको हो । यसबाट नै समाजमा धनी–गरिब, ठूलो–सानोजस्ता भावनाको विकास हुने गर्दछ । यस्तो भेदभावले साथी बनाउने कुरामा समेत बाधा उत्पन्न गराउँछ । कतै हामीले पनि बाल–मस्तिष्कमा विद्वेष रोपेर सामाजिक विभेद बढाउने कार्य त गर्दै छैनौँ? कथाकार रमेश विकलले यस्तो सामाजिक समस्यालाई कथाका रुपमा कसरी प्रस्तुत गरेका छन्? पढौँ ‘मधु–मालतीको कथा’ । "... राजा मधुकरले रानी…